Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

आज काठमाडौंमा राप्रपाले प्रदर्शन गर्ने

आज काठमाडौंमा राप्रपाले प्रदर्शन गर्ने

  • काठमाडौं । आज काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शन गर्ने भएको छ । आज बिहान साढे ११ बजे भृकुटीमण्डपमा भेला भएर राप्रपाले प्रदर्शनको तयारी गरेको हो । प्रदर्शनको नेतृत्व अध्यक्ष राजेन्द्र लिङ्देनले गर्नेछन् ।

    images
    images
    images

    राप्रपाले निषेधाज्ञा तोड्नेसम्मको तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा राप्रपाले प्रदर्शन गर्न लागेको हो ।

    राप्रपाले यो प्रदर्नका लागि राम्रै तयारी गरेको छ । बाहिरी जिल्लाबाट पनि कार्यकर्ताहरूलाई राप्रपाले काठमाडौं बोलाएको छ । राप्रपाको यस्तो तयारीलाई लक्षित गर्दै सुरक्षा निकायले पनि सतर्कता बढाएको छ ।

    राप्रपाले यसअघि सरकारलाई ४० बुँदे माग पेस गरेको थियो । उक्त माग पूरा गराउनका लागि दबाब दिन राप्रपाले प्रदर्शन गर्न लागेको हो ।


     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij