Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

इलाममा हुने उपनिर्वाचनका लागिउम्मेदवारको अन्तिम नामावली ३ बजे प्रकाशन गर्ने

इलाममा हुने उपनिर्वाचनका लागिउम्मेदवारको अन्तिम नामावली ३ बजे प्रकाशन गर्ने

  • काठमाडौं । निर्वाचन आयोगले मंगलबार इलाम- २ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दैछ ।

    images
    images
    images

    वैशाख १५ गते हुने निर्वाचनका लागि विभिन्न १२ दल र ८ स्वतन्त्र गरी २० उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । सो अघि आयोगले दिउँसो एक बजेसम्म नामावली फिर्ता लिने समय दिएको छ ।

    पछि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उनीहरुलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका आयोगको छ । यो उपनिर्वाचनमा कोही महिला उम्मेदवारले मनोनयन दर्ता गराएका छैनन् ।

    कार्यतालिकाअनुसार बुधबारदेखि वैशाख १२ गतेसम्म प्रचारप्रसारका लागि समय तोकिएको छ । मतदान भने वैशाख १५ गते बिहान सातदेखि साँझ पाँच बजेसम्मका लागि तय छ । मतदानको लागि समय तोकिएको छ ।

    नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको गत भदौ २६ गते निधन भएपछि इलाम २ मा उपनिर्वाचन हुन लागेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij