
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । ललितपुर महानगर र यूसएड स्वच्छ हावाको सहकार्यमा आजदेखि वातावरण प्रहरी सम्बन्धी तालिम शुरू गरेको छ । तालिमको समुदघाट्न गर्दै ललितपुर महानगरका नगर प्रमुख चिरिबाबु महर्जनले नगर प्रहरी बल भन्दा फरक र महानगरको वातावरणको हकहितको लागि तयार रहन तालिममा सहभागी भएका नगर प्रहरीलाई आग्रह गरेका छन् ।
वातावरण प्रहरीको तालिम शुरूआती चरणमा १५ जनालाई दिइने र आवश्यक परेका खण्डमा अझै थप गरेर लैजाने योजना रहेको ललितपुर महानगर प्रहरी बलका प्रमुख सिताराम हाछेथूले जानकारी गराए ।
तीन दिन चल्ने तालिममा वातावरण सम्बन्धी विद्यमान ऐन कानून, फोहरमैला व्यसथापन, बोट बिरुवा संरक्षण तथा व्यवस्थापन विधि, वायु प्रदूषण चुनौतीलगायत समेटिने छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij