
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । हुम्लामा भेडीगोठमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ ।
बिहीबार राति सर्केगाड गाउँपालिका–८ रादेउ भेडीगोठमा आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको जलेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार राति ऐडीले तापिरहेका आगोको झिल्का हावाले उडाउँदा भेडीगोठमा आगो लागेको थियो ।
प्रहरीले मुचुल्का गरेर शव घरपरिवार र आफन्तको जिम्मा लगाइएको निरीक्षक चन्दले बताए । यस्तै, भेडीगोठमा १२० भेडामध्ये ६० वटा जलेर मरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij