Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

परराष्ट्रमन्त्रीसँग जापानी उपविदेशमन्त्रीको भेट

परराष्ट्रमन्त्रीसँग जापानी उपविदेशमन्त्रीको भेट

  • काठमाडौं । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवासँग जापानका उपविदेशमन्त्री इकुइनो अकिकोले शनिबार शिष्टाचार भेटवार्ता गरेकी छन् ।

    images
    images
    images

    सगरमाथा संवादमा सहभागिताका लागि हाल नेपालमा रहेकी उपविदेशमन्त्री अकिकोले आज सगरमाथा संवाद कार्यक्रमस्थल होटल सोल्टीमा सो साइडलाइन भेट गरेकी हुन् ।

    images

    भेटका अवसरमा मन्त्री डा.राणाले उपमन्त्री अकिकोलाई सगरमाथा संवादमा सहभागी भएकोमा धन्यवाद व्यक्त गरिन् । साथै, मन्त्री डा.राणाले सिन्धुली बर्दिबास बाटोको पुनर्निर्माण तथा मर्मत सम्भारका लागि सहयोग गरेकोमा जापान सरकारलाई धन्यवाद ज्ञापन समेत गरिन् ।

    गत वर्ष आएको अविरल बर्षाका कारण सो बाटोमा ठूलो क्षति पुगेको छ । जापान सरकारको अनुदानमा निर्मित सो बाटोको मर्मत तथा पुननिर्माणका लागि नेपाल सरकारले अनुरोध गरेपछि जापानले सहयोग गर्ने भएको हो ।

    त्यसैगरी, सो भेटका क्रममा मन्त्री डा.राणा र जापानी उपविदेशमन्त्री बीच दुई देशको सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । त्यस अवसरमा मन्त्री डा.राणाले नेपालको आर्थिक, सामाजिक लागायतका क्षेत्रमा विगत लामो समयदेखि जापानले पुर्‍याउँदै आएको सहयोगका लागि पनि धन्यवाद ज्ञापन गरेकी थिइन् ।

    मन्त्री डा.राणाले नेपालले अन्तर्राष्ट्रिय मञ्चहरुमा उठाउँदै आएको जलवायु न्यायका पक्षमा ऐक्यवद्धता र सहयोगका लागि जापानसँग आग्रह पनि गरिन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij