
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । राप्रपाले काठमाडौंमा गरेको जनप्रदर्शनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा निधन भएको छ । राप्रपाको मधुवन नगरपालिका अध्यक्षसमेत रहेका डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा सोमबार बिहान निधन भएको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
प्रवक्ता श्रेष्ठका अनुसार डाँगीको शव श्रद्धाञ्जलीका लागि मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालयमा राखिनेछ ।
डाँगी पहिल्यैदेखि श्वासप्रश्वाससम्बन्धी बिरामी थिए । आन्दोलनका क्रममा उनलाई प्रहरीले प्रहार गरेको अश्रुग्यास लागेको थियो । त्यसपछि गाह्रो भएका उनलाई अस्पताल भर्ना गरिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij