Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेकपा एमालेले भोलिबाट सुरु हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा अतिथिको निम्तो पठाएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको ७५ औ स्थापना दिवसका अवसरमा नेकपा एमालेद्वारा बैशाख १० गतेसम्म ललितपुर, गोदावरी स्थित सनराइज हलमा हुने समरोहमा अतिथिकाका रुपमा उपस्थितिका लागिकांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री देउवालाई निमन्त्रण गरिएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।
निम्ता लिएर सचिव भट्टराईसहित बुढानीलकण्ठका नगर प्रमुख मिठाराम अधिकारी नेकपा एमालेका काठमान्डौ जिल्ला अध्यक्ष दिपक निरौला, पार्टीका बुढानीलकण्ठ नगर अध्यक्ष प्रदिप डंगोल र वडा नं २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठ देउवा निवासमा पुगेका थिए ।
नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा एमालेले आयोजना गर्न लागेको विशेष समारोहमा विभिन्न दलका शीर्ष नेतालाई अतिथिका रूपमा निम्त्याइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij