Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

आजदेखि एमाले बर्दियाको अधिवेशन

आजदेखि एमाले बर्दियाको अधिवेशन

  • काठमाडौं । आजदेखि नेकपा (एमाले) बर्दियाको १० औं अधिवेशन शुरू हुने भएको छ । आज र भोलि हुने अधिवेशनको तयारीका विषयमा पत्रकार सम्मेलन गर्दै एमाले बर्दियाका अध्यक्ष लालबहादुर श्रेष्ठले अधिवेशनको तयारी पूरा भएको बताए । 

    onlinepatrika
    Arghakhachi

    गर्मीको समय भएका कारणले हरेक नगरपालिकाबाट प्रतिनिधिमूलक रुपमा कार्यकर्ता ल्याउने योजना रहेको बताउँदै उनले बढीमा तीन हजार पाँच सय को हाराहारीमा मात्र अधिवेशनको खुलासत्रका सहभागी हुने जानकारी दिए । 

    AGNI GROUP

    अधिवेशनको बन्दसत्रमा १६४ जना प्रतिनिधि रहनेछन् । आवश्यक देखिएमा जिल्ला कमिटीले ५ प्रतिशत प्रतिनिधि मनोनीत गर्न सक्ने अध्यक्ष श्रेष्ठले बताए । नयाँ नेतृत्वसमेत चयन गर्ने अधिवेशनले पदाधिकारीसहित १०५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्नेछ ।

    गुलरियाको कृष्णसार रिसोर्टमा हुने कार्यक्रममा हलमा मञ्च व्यवस्थापन गरिएको छ । हलमा नअटाएका सहभागीलाई रिसोर्टको प्राङ्गणमा बस्नका लागि टेन्टको व्यवस्था गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij