Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

राष्ट्रपतिलाई आयोगले बुझायो उपनिर्वाचनको प्रतिवेदन

राष्ट्रपतिलाई आयोगले बुझायो उपनिर्वाचनको प्रतिवेदन

  • काठमाडौं । हालै सम्पन्न उपनिर्वाचन सम्बन्धीको प्रतिवेदन निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ ।

    onlinepatrika
    Arghakhachi

    आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बिहीबार राष्ट्रपति पौडेललाई प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन, २०८१ निर्वाचनको प्रतिवेदन बुझाएका हुन् ।

    AGNI GROUP

    “सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियाले राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य उपनिर्वाचन, २०८१ निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश गर्नुभयो,” राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    यही वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा प्रतिनिससभा सदस्य र बझाङ १ (क)मा प्रदेशसभा सदस्य चयनका लागि उपनिर्वाचन भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij