Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबीच शनिबार राति सघन छलफल

प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबीच शनिबार राति सघन छलफल

  • काठमाडौं : प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति एवम् गृहमन्त्री रवि लामिछानेबीच सघन छलफल भएको छ। शनिबार राति तीन नेताबीच समसामयिक राजनीति र बजेट अधिवेशनको विषयमा झण्डै तीन घण्टा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुबै सदनको अधिवेशन शुक्रबार दिउँसो दुई बजे आह्वान गरेका छन्। यस अगाडि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले निरन्तर संसद अवरुद्ध गर्दै आएपछि बजेट निर्माणको तयारीका लागि भन्दै सरकारले संसद अधिवेशन अन्त्य गरेको थियो। तर, पुन : संसद् अधिवेशन आह्वान भएपछि पनि  कांग्रेसले उनीमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने अडान नछाड्ने संकेत गरेको छ। सोही विषयलाई लिएर पनि सत्तारुढ तीन दलका शीर्ष नेताबीच छलफल भएको हो।

    AGNI GROUP

    छलफलमा प्रधानमन्त्री प्रचण्डले सहकारी ठगी प्रकरण दिनानुदिन जटिल बन्दै गएकोले कांग्रेसले माग गरे बमोजिम संसदीय छानबिन समिति बनाउनुपर्ने अवस्था आउनसक्ने बताएका थिए। उनीहरु पनि सहकारीमा देखिएका समस्या समाधान गर्न सरकार लाग्नुपर्ने निष्कर्षमा पुगेका छन्।

    देशभरी सहकारीको समस्या विकराल बनेकाले सहकारी समस्या समाधान गर्नका लागि विशेष योजना ल्याउने सरकारको तयारी छ। भेटमा कांग्रेसको मागलाई समेत सम्बोधन हुने गरी मन्त्रिपरिषद् बैठकबाट सहकारीमा भएको अनियमिताबारे छानबिन गर्न समिति गठन गरेर संसदमा जानकारी गराउन तीनै दलका नेता सहमत भएका छन्। कुनै दलका नेताको नाम उल्लेख नगरी सहकारी अनियमितताको छानबिन समिति गठनका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने समेत तयार भएको बालुवाटार स्रोतको भनाई छ। 

    पछिल्लो समयमा पनि कांग्रेस नेताहरुले पनि लामिछानेको संलग्नता भनेर व्यक्ति नतोकी समग्र विषयमा छानबिन गर्न समिति बनाउँदा सहमत जनाउन सकिने बताउन थालेका छन्। स्रोतका अनुसार प्रमुख प्रतिपक्षको मागको विषय र मध्यमार्गी प्रस्तावका बारेमा कांग्रेसका शीर्ष तहमा छलफल गरेर समाधानका लागि आफूले पहल लिने प्रधानमन्त्री प्रचण्डले ओली र लामिछानेसमक्ष जानकारी गराएका छन्।

    उनीहरुबीच आगामी आर्थिक वर्षको बजेटको खाकाको विषयमा पनि छलफल भएको छ। जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।

    यस अगाडि पनि गृहमन्त्री लामिछानेले एमाले अध्यक्ष ओलीसँग छुट्टै छलफल गरेका थिए। त्यसपश्चात ओली र प्रचण्डबीच पनि सहकारी प्रकरणको विषयमा बालुवाटारमा छलफल भएको थियो। prachand1_JMlRshhQ8J_xpXDf8OaLN.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij