Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौं । जसपाका अध्यक्ष अशोक राईले आफूहरुले पार्टीलाई राष्ट्रव्यापी बनाएर लैजाने बताए छन् । राईले सानासाना पार्टीहरू भए पनि विचार मिल्नेहरूलाई समेटेर, वार्ता , छलफल गरेर अगाडि बढ्ने बताए छन् ।
उनले स्वतन्त्र बसेका व्यक्तित्वहरूलाई पार्टी एकतामा जोडिन आग्रह गरे । पार्टी विभाजनपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले सबै क्षेत्रलाई समेटेर पार्टीलाई अगाडि बढाउने बताए।
सीमित मान्छेहरूमा मात्रै पार्टीलाई सीमित राख्ने गरी आफूहरूले पार्टी नबनाएको उनको भनाइ छ। ‘राष्ट्रिय स्तरमा हिमाल, पहाड, मधेस सबै ठाउँमा सबै जातजाति, क्षेत्र, लिंग, वर्ण र वर्गमा यसलाई पुर्याउने हाम्रो लक्ष्य छ। अठोट छ ।
त्यसैले हामी अरु विचार मिल्ने दलहरूसँग एकताका निम्ति तुरुन्तै प्रयन्त गर्छौँ र उहाँहरूबाट फोन आउन थालिसकेको छ’, उनले भने ।
‘जनता समाजवादी पार्टीमा हिजो रहनुभएका सम्पूर्ण साथीहरू, पार्टी सदस्यहरू, वडा कमिटी, पालिका कमिटी, जिल्ला कमिटी, राष्ट्रिय समिति र प्रदेश समिति केन्द्रीय समिति निकायहरू सबैमा संगठित भएर रहनुभएका मित्रहरूलाई पनि हामी जनता समाजवादी पार्टीमा संगठित हुन, आफूलाई त्यस पार्टीमा आबद्ध गराउनका निम्ति हामी हार्दिक आह्वान गर्दछौँ’, उनले भने ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij