Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

बालेन भन्छन्- गिरीबन्धु टि–इस्टेट प्रकरणमा तत्कालीन ओली नेतृत्वको सरकारलाई कारबाही गर्नुपर्छ

बालेन भन्छन्- गिरीबन्धु टि–इस्टेट प्रकरणमा तत्कालीन ओली नेतृत्वको सरकारलाई कारबाही गर्नुपर्छ

  • काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले  झापास्थित गिरीबन्धु चिया बगान (गिरीबन्धु टि–इस्टेट) प्रकरणमा तत्कालीन केपी ओली नेतृत्वको सरकारलाई कारबाही गर्नुपर्ने टिप्पणी गरेका छन् ।  साथै उनले देशको अरबौँको सम्पत्तिलाई एकल प्रयासले जोगाउन सफल महानगरका कानुनी सल्लाहकार समेत रहेका ओम प्रकाश अर्याललाई धन्यवाद समेत दिएका छन् । 

    onlinepatrika
    Arghakhachi

    बालेनले सामाजिक सञ्जालमा टिप्पणी गर्दै गिरीबन्धु टी-स्टेट जग्गा प्रकरणमा झन्डै ३४४ बिघा जग्गा साटफेर गर्न दिने तत्कालीन केपी ओली सरकारको निर्णयलाई सर्वोच्चको संवैधानिक इजलासले उल्टाएको उल्लेख गर्दै  अब तत्कालीन ओली नेतृत्वको सरकारलाई अहिलेको सरकारले कारबाही गर्नुपर्ने बताएका छन् । 

    AGNI GROUP

    अहिलेको अवस्थामा सो जग्गाको मुल्य १० अरब भन्दा धेरै भएको भन्दै बालेनले तत्कालीन सरकारलाई कारबाहीको भागिदार बनाउनु पर्ने बताएका छन् ।  उनले जग्गाको बैना गरेका सबैलाई कानुनी प्रक्रियाबाट बैना फिर्तामा जान आग्रह गर्दै अब जग्गा प्राप्तिको बाटो सकिएको उल्लेख गरेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij