Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

कुटपिट र लुटपाटको मुद्दा मेयर बालेनविरुद्ध

कुटपिट र लुटपाटको मुद्दा मेयर बालेनविरुद्ध

  • काठमाडौं । मेयर बालेन्द्र शाह ‘बालेन’ र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहित काठमाडौँ महानगरपालिकाका ३ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। 

    onlinepatrika
    Arghakhachi

    मेयर शाह र नगर प्रहरी प्रमुख पाण्डेविरुद्ध कुटपिट र लुटपाटको अभियोगमा बिहीबार जिल्ला अदालतमा काठमाडौँमा मुद्दा दायर गरिएको हो।  

    AGNI GROUP

    अदालतका अनुसार प्राणमञ्च डटकमका प्रधान सम्पादक पदमप्रसाद पोखरेलले आफूलाई कुटपिट र लुटपाट गरिएको दाबी गर्दै मेयर साह, नगर प्रहरी प्रमुख पाण्डे र महानगर प्रहरीका एसपी मनोज लामिछानेविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको हो।  

    ‘मुद्दा दर्ता भएको छ, अब उहाँहरूविरुद्ध म्याद पठाउने तयारी भइरहेको छ’, अदालत स्रोतले शुक्रबार बिहान नेपालखबरसँग भन्यो। 

    उनीहरूविरुद्ध कुटपिट अभियोगमा मुलुकी अपराध संहिताको दफा १९१ को (३) बमोजिम ३ वर्ष कैद र ३० हजार जरिवाना तथा लुटपाट अभियोगमा दफा २८६ (३) बमोजिम सामान र बिगो गरेर ३ लाख ४४ हजार ११७ रुपैयाँ भराउन माग गरिएको छ।  

      

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij