Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

सुनको मुल्य घट्यो चाँदीको कति ?

सुनको मुल्य घट्यो चाँदीको कति ?

  • काठमाडौँ-  आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला ९ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।  

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १२ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४० हजार ६ सय रुपैयाँ कायम भएको छ ।  

    अघिल्लो दिन सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन सुनको मूल्य छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य पनि १२ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३९ हजार ९ सय रुपैयाँ कायम भएको छ ।  

    अघिल्लो दिन तेजावी सुनको मूल्य ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ५५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८८५ रुपैयाँ कायम भएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij