Logo

May 09 2025 | २०८२, वैशाख २६ गते

May 09 2025 | २०८२, वैशाख २६ गते

...अनि अर्थ मन्त्रालयबाट प्रहरी लगाएर निकालियो

...अनि अर्थ मन्त्रालयबाट प्रहरी लगाएर निकालियो

  • काठमाडौं । गत साता सोमबार बाहिर मौसम त्यति खुल्न सकेको थिएन । घरी घाम लाग्लाजस्तो, घरी पानी पर्ला जस्तो मौसम थियो । 

    images
    images
    images

    एउटा स्टोरीमा तथ्यगत हिसाबले पुष्टि गर्नुथियो । त्यो विषय थियो, अर्थ मन्त्रालयसँग सम्बन्धित । 

    अर्थ मन्त्रालयका चिनेका अधिकारीहरू सम्पर्क गर्दा उनीहरू कोही मिटिङमा त कोही बजेट लेखनमा व्यस्त भएको जनाए । त्यसपछि प्रवक्ता उत्तरकुमार खत्रीलाई फोन गरेँ । उनका दुईवटै मोबाइल नम्बरमा फोन लागेन । त्यसपछि म अर्थ मन्त्रालय गएँ । 

    अर्थ मन्त्रालयका केही अधिकारी बजेट लेखनमा लागेका भए पनि कोही त बजेट लेखनसँग जोडिएका थिएनन् । सधैँ गइरहने भएकाले केही कर्मचारीहरूले मलाई देख्नेबित्तिकै चिन्थे नै । तर, पछिल्लो समय अर्थ मन्त्रालय जाने क्रम नियमित नभएकाले त्यहाँ धेरै परिवर्तन भएका रहेछन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij