Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौं । कोशी प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम माथिको छलफलका क्रममा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा र राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाबीच नोकझोक भएको छ ।
बुधबार नीति तथा कार्यक्रममाथि छलफलको कार्यसूची थियो । तर बैठकमा बोल्ने क्रममा थापाले गृहमन्त्री रवि लामिछानेको कार्यशैलीप्रति असन्तुष्टि जनाए । सहकारी ठगी प्रकरणमा जोडिएका लामिछानेले स्तरहीन अभिव्यक्ति दिएको गुनासो गरे ।
बुधबारको बैठकको अन्तिम वक्ताको रुपमा आएका थापाले विषयवस्तु भन्दा बाहिर गएर बोलेको भन्दै राप्रपा दलका सिटौलाले भने, ‘सन्दर्भभन्दा बाहिर गयो, सन्दर्भ भित्र बसेर कुरा गर्दा सभाको गरिमा चुलिन्छ भन्ने लाग्दछ सभामुख महोदय ।’
विचार राख्न पाइन्छ ।’ थापाले आक्रोश व्यक्त गर्दैगर्दा सिटौलाले फेरि जवाफ फर्काए, ‘सन्दर्भमा असहमति छ ।’ त्यसपछि थापा झन् रिसाए । सिटौलातर्फ औंलो सोझ्याउँदै थापा कड्किए, मेरो आवाज थुन्ने को हो तपाई ? तपाईलाई त्यो अधिकार छ ?’
स्थिति असहज बनेपछि सभामुखले विवाद नगर्न आग्रह गरे । ‘विवाद नगरौं माननीयज्यूहरु,’ उनले सिटौलालाई बस्न र थापालाई बोल्न आग्रह गरे । सभामुखको आग्रहपछि सिटौला आफ्नो आसनमा बसे ।
तर थापाको रिस साम्य भएको थिएन । सिटौलालाई ‘हैसियतमा बस्न’ भन्दै उनले नीति तथा कार्यक्रममाथि धारणा राखेर बिदा भए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij