Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा सहभागी हुने भएका छन् ।
सभापति थापाका स्वकीय सचिव शंकर कुइँकेलका अनुसार सभापति थापा रास्वपा महाधिवेशनमा सहभागी हुने कार्यक्रम छ ।
थापा अहिले काठमाडौंमै रहेको र केही समयपछि चितवन जाने कार्यक्रम रहेको कुइँकेलले जानकारी दिए ।
सभापति थापाले आजै सामाजिक सञ्जालबाट रास्वपाको प्रथम महाधिवेशनलाई शुभकामना समेत दिइसकेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij