
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौं । काठमाडौँको पुरानो बानेश्वरमा पार्किङ गरेको स्कुटरमा आगलागी भएको छ ।
अम्बिका मार्ग डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका २९ वर्षीय माधव तिमिल्सिनाले आफ्नै कोठा अगाडी बाटोको छेउमा पार्किङ गरी राखेको बा.५० प २९७४ नम्बरको स्कुटरमा शनिबार दिउँसो आगलागी भएको हो । आगलागी हुँदा स्कुटर पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij