
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौं । काठमाडौं थापाथलीस्थित बागमती पुलमुनि मृत भेटिएका युवक बैतडीका भएका खुलेको छ । बैतडी पुचौडी नगरपालिका–८ मल्लादेही घर भई हाल मैतिदेवी बस्ने वर्ष २४ को गोविन्द बहादुर बोहरा रहेको प्रहरी अनुसन्धानमा खुलेको हो ।
असार १७ गते साँझ अन्दाजी ५ बजेको समयमा नदीले बगाई ल्याएको अवस्थामा थापाथलीस्थित बागमती पुलमुनी उनको शव फेला परेको थियो । प्रहरीले शव पोष्टमार्टमका लागि फरेन्सिक मेडिसिन विभाग महाराजगञ्ज पठाएकोमा मृतकका काका हाल किर्तिपुर–६ चारघरे बस्ने वर्ष २८ का महेश बोहराले मृतकको सनाखत गरेका हुन् ।
मृतक गोविन्द असार १५ गते पशुपति क्षेत्रबाट हराई बेपत्ता भएको भएको महेशले प्रहरीसँग बताएका छन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij