Logo

May 13 2025 | २०८२, वैशाख ३० गते

May 13 2025 | २०८२, वैशाख ३० गते

कर्णाली राजमार्ग एकतर्फी खुल्यो

कर्णाली राजमार्ग एकतर्फी खुल्यो

  • काठमाडौं । पाँच दिनदेखि अवरूद्ध रहेको कर्णाली राजमार्ग एकतर्फी खुलेको छ ।

    images
    images
    images

    चार दिनदेखि पहिरो खसेर बन्द रहेको कर्णाली राजमार्ग आज खुलेको हो । सडक अवरुद्ध हुँदा सुर्खेत–जुम्लाका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएका थिए । यस्तै सडक अवरुद्ध हुँदा यात्रुहरूले सास्ति भोग्नु परेको थियो ।

    कर्णाली राजमार्ग अन्तरर्गत टिमुरे भिड, गाल्जे पिली, गगन खोला, एसमोड र हुल्म बजारलगायत १५ ठाँउमा पहिरो आएपछि कर्णाली राजमार्ग शनिबारदेखि बन्द रहेको थियो । कर्णाली राजमार्ग अवरुद्ध हुदाँ सुर्खेत, नेपालगन्जदेखि कालिकोट, जुम्ला र मुगु आवत जावत गर्ने सवारी साधनहरू पनि अलपत्र परेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij