Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

घाँटी रेटेर श्रीमतीको हत्या, शव फ्यालेर श्रीमान् छोरो लिएर बेपत्ता

घाँटी रेटेर श्रीमतीको हत्या, शव फ्यालेर श्रीमान् छोरो लिएर बेपत्ता

  • काठमाडौं । रुकुम पूर्वमा श्रीमानले आफ्नै श्रीमतीको घाँटी रेटेर हत्या गरेका छन् । भूमे गाउँपालिका-६ तमारीका २७ वर्षका दामे भनिने जीवन ओलीले आफ्नै श्रीमती २५ वर्षकी अप्सरा ओलीलाई खुकुरीले घाटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए । 

    images
    images
    images

    ओलीले शुक्रबार राति श्रीमतीको घाटी रेटेर हत्या गरी घरदेखि सय मिटरको दुरीमा रहेको खोल्सामा फालिएको अवस्थामा सव फेला परेको प्रहरी निरीक्षक भट्टराईले बताए । हत्यामा संलग्न भनिएका मृतकका श्रीमान् जीवन ओली ५ वर्षका छोरा आयुस ओलीलाई साथमा लिएर फरार रहेका छन् ।

    images

    उनको खोजी कार्य चलिरहेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij