Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

‘अहिंसा महोत्सव'

नेपाल शाकाहारी सङ्घद्वारा ‘अहिंसा महोत्सव नेपाल’ को घोषणा

नेपाल शाकाहारी सङ्घद्वारा ‘अहिंसा महोत्सव नेपाल’ को घोषणा

प्रदर्शनी मार्ग स्थित नेपाल पुलिस क्लबमा सबैका लागि निःशुल्क प्रवेश सहित आयोजना गरिनेछ।

  • काठमाडौं । नेपाल शाकाहारी सङ्घले करुणा, अहिंसा र पशु अधिकारको प्रवर्धन गर्ने उद्देश्यले तीन-दिने ‘अहिंसा महोत्सव नेपाल २०८२’को घोषणा गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    यो महोत्सव २०८२ भदौ १२ देखि १४ गते (अगस्ट २८-३०, २०२५) सम्म प्रदर्शनी मार्ग स्थित नेपाल पुलिस क्लबमा सबैका लागि निःशुल्क प्रवेश सहित आयोजना गरिनेछ।

    AGNI GROUP

    ‘करुणाले जोड्दछ’ भन्ने नाराका साथ आयोजना गरिने यस महोत्सवले पशुपक्षी, मानव स्वास्थ्य र वातावरणको हितका लागि ‘पूर्ण शाकाहारी’ जीवनशैली अपनाउन प्रेरित गर्नेछ । अहिंसाका मूल्य र शाकाहारी जीवनशैलीमा रुचि राख्ने सबैमा समर्पित यस महोत्सवले पशुमुक्ति अभियन्ता, सङ्घसंस्था र समुदायबीच सम्बन्ध र सहकार्यको पुल बन्ने उद्देश्य पनि राखेको छ ।

    महोत्सवका प्रमुख आकर्षणमा दिगो जीवनपद्धति, शाकाहारी जीवनशैली र पशु अधिकार सम्बन्धी अन्तरक्रियास फ्ल्याश मबस साङ्गीतिक प्रस्तुतिस योग सत्रस देशविदेशका अभियन्तासँग प्रत्यक्ष भेटघाट र अनुभव आदानप्रदान शाकाहारी परिकार तथा पकाउने विधिको प्रदर्शन र विशेष रात्रिभोज रहनेछन् ।

    अपेक्षित ३०,००० भन्दा बढी सहभागी र ५०,००० भन्दा बढी दर्शकको उपस्थिति रहने यस महोत्सवमा शाकाहारी उत्पादनका ६० भन्दा बढी स्टल, ४० भन्दा बढी वक्ता र २० भन्दा बढी सहभागी संस्था रहनेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij