
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । अन्तःशुल्क स्टिकर छपाइ प्रकरणमा निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याल धरौटीमा रिहा भएका छन् । विशेष अदालतमा बयानका लागि हाजिर भएका अर्यालको थुनछेक बहसपछि ५० हजार धरौटीमा रिहा गर्ने आदेश भएको थियो । त्यसपछि उनी धरौटी बुझाएर रिहा भएका हुन् ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले अर्यालको बयानपछि धरौटी माग गर्ने आदेश गरेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij