
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । ललितपुरको एक सरकारी कार्यालयको ताल्चा फोरेर चोरी भएको छ । ललितपुर महानगरपालिका–२६ ढोलाहीटीस्थित २६ नम्बर वडा कार्यालयमा चोरी भएको हो ।
प्रहरीका अनुसार कार्यालय भवनको मूल गेटको ताल्चा फोडेर चोरी भएको छ । कार्यालयबाट सिपियु ५ थान, मनिटर १ थान र चुलो १ थान गरी करिब १ लाख ३९ हजार ५ सय रूपैयाँ बराबरको सामान चोरी भएको प्रहरीले जानकारी दिएको छ ।
घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij