Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

अपाङ्ग महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

अपाङ्ग महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

  • काठमाडौं । शारीरिक अपाङ्गता भएकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सल्यान प्रहरीले एक जनालाई पक्राउ गरेको छ । छत्रेश्वरी गाउँपालिका–५ दियारगाउँका ४९ वर्षीय सुमन घर्ती मगरलाई पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    जन्मजात शारीरिक अपाङ्गता भई राम्रोसँग हिँड्डुल गर्न नसक्ने ३० वर्षीया महिलालाई साउन १३ गते घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी गरेको आरोपमा घर्ती मगरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिए ।

    AGNI GROUP

    पीडितको अपाङ्गताको गलत फाइदा उठाई जबरजस्ती करणी गरेको उनको भनाइ छ । आरोपित मगरलाई १४ गते नै पक्राउ गरी सल्यान जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij