
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । पशुपतिनाथ परिसरमा भइरहेको कोटीहोममा आयोजककै तर्फबाट परिचालित स्वयं सेवकले डिसी नेपालकर्मीमाथि कुटपिट गरेका छन् ।
मानव सेवा फाउण्डेशनले पशुपतिमा आयोजना गरेको कोटिहोममा आयोजकको तर्फबाट परिचालित महांकाल सेवाका स्वयंसेवकले डिसीनेपालकर्मी अनिल पोख्रेलमाथि कुटपिट गरेका हुन् ।
फोटो पत्रकार पोखरेलले कार्यक्रममा फोटो खिच्न खोज्दा ती स्वयं सेवकले उनलाई अवरोध गरेको कार्यक्रमको फोटो खिच्नु आफ्नो जिम्मेवारी भएको भन्दै बुझाउन खोज्दा जबरजस्ती त्यहाँबाट केही पर लगेर कुटपिट गरिएको फोटो पत्रकार पोखरेलले बताएका छन् ।
पत्रकार पोखरेल आइतबार कोटीहोममा भइरहेका गतिविधिको फोटो खिच्न कार्यक्रमस्थल पुगेका थिए । स्वयंसेवकले उनलाई फोटो खिच्न नदिएर अवरोध गरेको र अभद्र व्यवहार गर्दै कुटपिट गरेका हुन् । डिसीनेपाल डटकमले यस घटनाको निन्दा गर्दै दोषीमाथि कारवाहीको माग गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij