Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

अझै अज्ञात दुर्घटनाको प्रतिवेदन आज बुझाइने

अझै अज्ञात दुर्घटनाको प्रतिवेदन आज बुझाइने

  • काठमाडौं । चितवनको सिमलताल पहिरोसँगै त्रिशुलीमा वेपत्ता दुई बस र यात्रू बारे अध्ययन गर्न गठित कार्यदलले आज गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाउने भएको छ ।

    images
    images
    images

    आज दिउँसो साढे १ बजे गृहमन्त्री लेखकलाई कार्यदलले प्रतिवेदन बुझाउने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ । गृहमन्त्री लेखकले सो दुर्घटनाबारे अध्ययन गर्न सहसचिव छवि रिजालको नेतृत्वका तीन सुरक्षा निकायबाट तीन जना, भौतिक मन्त्रालयबाट एक जना गरी ५ जनाको कार्यदल गठन गरेका थिए ।

    images

    गत असार २८ गते नारायण(मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३(००६ ख १५१६ नं र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४५९ नम्बरको बस पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएको थियो । दुई बसमा ६५ यात्रु सवार थिए । तीन जनाले आफै ज्यान जोगाएका थिए भने २४ जनाको शव फेला परेको थियो ।

    अझै दुई बस र बसमा सवार ३८ यात्रूको अवस्था अज्ञात रहेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij