Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

मिडिया काउन्सिल विधेयकको नाम परिवर्तन

मिडिया काउन्सिल विधेयकको नाम परिवर्तन

  • काठमाडौं । संसदीय समितिमा मिडिया काउन्सिल विधेयक- २०८० को नाम आम सञ्चार परिषद् विधेयक राख्ने सहमति जुटेको छ ।

    मंगलबार राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफाबार छलफल भएको थियो । सोही बैठकमा मिडिया काउन्सिल विधेयकको नामलाई आम सञ्चार परिषद् विधेयक राख्ने सहमति जुटेको हो । समिति सदस्यहरूले मिडिया काउन्सिल नाम अंग्रेजीबाट भएको भन्दै नामलाई नेपालीकरण गर्न भनेर संशोधन प्रस्तावसमेत हालेका थिए  ।

    images
    images
    images

    सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि नामलाई नेपालीकरण गर्न सरकार तयार रहेको बताएका थिए । योसँगै मिडिया काउन्सिल विधेयकको नाम आमसञ्चार परिषद् विधेयक राख्न सहमति जुटेको समिति सभापति जयन्तीदेवी राईले बताइन् ।

    images

    उनले अब परिवर्तित नाम अनुरुप बाँकी प्रक्रिया अगाडि बढाउने बताइन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij