Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

जापानमा शक्तिशाली भूकम्प

जापानमा शक्तिशाली भूकम्प

  • काठमाडौं । जापानमा शक्तिशाली भूकम्प गएको छ । युनाइटेड स्टेट्स जियोलोजिकल सर्भे अर्थात् (युएसजीएस) का अनुसार दक्षिणी जापानमा भूकम्प गएको हो । भूकम्पको तीव्रता ७.१ रहेको बताइएको छ ।

    images
    images
    images

    जापानी प्रसारक एनएचके वर्ल्डका अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइटा, कागोशिमा जस्ता क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ । जापानका प्रधानमन्त्रीले पनि भूकम्पबारे केही निर्देशन जारी गरेका छन् ।

    images

    प्रधानमन्त्रीको निर्देशन अनुसार सुनामी र विस्थापित सम्बन्धि सही जानकारी जनतालाई समयमै उपलब्ध गराउनु पर्नेछ । साथै, नोक्सान रोक्न नागरिकहरूलाई बाहिर निकाल्ने जस्ता कदमहरू चाल्नुपर्छ । जतिसक्दो चाँडो क्षतिको अवस्थाको आँकलन गर्न भनिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij