Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

सन् २०२३ मा विश्वभरका द्वन्द्वमा २८० सहायताकर्मीको मृत्यु

सन् २०२३ मा विश्वभरका द्वन्द्वमा २८० सहायताकर्मीको मृत्यु

  • काठमाडौँ । सन् २०२३ मा विश्वभरका द्वन्द्वमा २८० सहायताकर्मीको मृत्यु भएको छ । गत वर्षको तुलनामा यस वर्ष मृत्यु हुनेको संख्या अझ डरलाग्दो हुनसक्ने राष्ट्रसंघले चेतावनी दिएको छ ।

    images
    images
    images

    संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयले सो जानकारी दिएको हो । ओसीएचएका अनुसार २०२३ मा ३३ देशमा २८० सहायताकर्मीको मृत्यु भएको थियो । जबकी २०२२ मा ११८ जनाको मृत्यु भएको थियो ।

    images

    अक्टोबरमा सुरु भएको इजरायल-गाजा युद्धको पहिलो तीन महिनामा सहायताकर्मीहरूको आधाभन्दा बढी मृत्यु भएको थियो । यसमा पनि हवाई हमलामा अधिकांश सहायताकर्मी मारिएका छन् ।

    तीमध्ये अधिकांश संयुक्त राष्ट्र संघको एजेन्सी युएनआरडब्लुएका सदस्य थिए । यस बर्ष अगस्त ७ सम्म १७२ सहायताकर्मीको मृत्यु भइसकेको राष्ट्रसंघले जनाएको छ ।

    राष्ट्रसंघका महासचिव एन्टोनीयो गुटेर्रेसले सुडानसहित अन्य देशहरुमा सहायताकर्मीमाथि आक्रमण भएको बताउदै उनीहरुको हत्या गरिएको घाइते बनाइएको र अपहरण समेत गरिएको बताएका छन् ।
       

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij