Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

असोजमा पनि घट्यो अधिकांश बैंकको ब्याजदर

असोजमा पनि घट्यो अधिकांश बैंकको ब्याजदर

  • काठमाडौं । असोज महिनाका लागि पनि निक्षेपको ब्याजदर घटेको छ । वाणिज्य बैंकहरूले औसतमा ०.१५ बिन्दुले ब्याजदर घटाएका छन् ।

    images
    images
    images
    व्यक्तिगततर्फ मुद्दती निक्षेपको ब्याजदर औसत ६.३८ प्रतिशत भएको छ । भदौमा ६.५३ प्रतिशत थियो । ८ वटा वाणिज्य बैंकले ब्याजदर घटबढ गरेका छैनन् । उनीहरूले भदौको ब्याजदरलाई असोजमा पनि निरन्तरता दिएका छन् ।

    १० वटा वाणिज्य बैंकले भने घटाएका छन् । सरकारी स्वामित्वको नेपाल बैंक र कृषि विकास बैंकले भने असोजका लागि ब्याजदर बढाएका छन् । वाणिज्य बैंकहरूले पछिल्लो समय ब्याजदर हरेक महिना घटाइरहेका छन् ।

    अझै पनि बैकिङ प्रणाली अधिक तरलताको अवस्थामा छ । तरलता व्यवस्थापन गर्न राष्ट्रिय बैंकले दिनहुँजसो बजारबाट पैसा तानिरहेको छ । कर्जा लगानी सुस्त भएर निक्षेप जति बैंकमा थुप्रिँदा त्यसको व्यवस्थापनमा नेपाल राष्ट्र बैंकलाई हम्मे हम्मे परेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij