
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘स्वतन्त्र प्रेस’ लोकतन्त्रको आत्मा भएको बताएका छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवस-२०२५ को अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै उनले सत्य, न्याय र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा कलम चलाउने सञ्चारकर्मी, मिडिया संस्था र स्वतन्त्रतामा विश्वास गर्ने नागरिकप्रति सम्मान व्यक्त गरे ।
‘स्वतन्त्र प्रेस शब्द मात्र होइन, यो लोकतन्त्रको आत्मा हो- जहाँ सत्य बोल्ने अधिकार हुन्छ, जनता सबल हुन्छन् र कलम बन्दुकभन्दा बलियो हुन्छ,’ उनले भनेका छन् ।
प्रधानमन्त्री ओलीले प्रेस ‘आवाज नदबियोस्, कलम नथाकोस् र खबरहरू तथ्यको उज्यालो मार्गमा अघि बढिरहोस्’ भन्ने कामना गरे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij