
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौं । सत्तारूढ नेकपा (एमाले)को संसदीय दलको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एमाले संसदीय दलको बैठक बसेको हो । बैठकमा सरकारले शुक्रबार ल्याएको नीति तथा कार्यक्रमको समीक्षा र छलफल भएको छ ।
बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्री एवम् एमाले संसदीय दल नेता केपी शर्मा ओलीले आफ्ना सांसदहरूलाई ब्रिफिङ गराएका छन् ।
हाम्रा नीतिहरू सहि छन् । ढुक्कले सही छन् भन्ने कुरामा ढुक्कले अगाडि बढ्नुपर्छ,ु उनले सांसदहरूलाई भने । शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत भएपछि आइतबारदेखि संघीय संसदका बैठकहरू बस्नेछन् ।
आइतबार राष्ट्रिय सभा र सोमबार प्रतिनिधि सभा बैठक बस्नेछ ।
बैठकअघि एमालेले बजेट लगायत अन्य विधेयहरूको छलफलमा भाग लिँदा एकरूपता ल्याउनका लागि सांसदहरूलाई प्रशिक्षित गराएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij