
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौं । बाबुको हँसिया प्रहारबाट छोराको ज्यान गएको छ ।
मर्स्याङ्दी प्रोवीगाउँ निवासी ५७ वर्षीय बाबु सन्तबहादुर तामाङ र २७ वर्षीय छोरा सोमबहादुर तामाङबीचमा मापसे गरेपछि घरायसी झगडा हुँदा छोराको ज्यान गएको हो । शुक्रबार साँझको समयमा बाबु छोरा दुबै घरमानै बसेर मापसे गर्दे थिए ।
मापसे सेवनकै क्रममा बाबु र छोराबिच झगडा सुरु भएको र झगडा बढ्दै जाँदा दुवैबिच हात हालाहाल भएको प्रहरीले जनाएको छ ।
५७ वर्षका सन्तबहादुरले प्रहार गरेको हँसियाले सोमबहादुरको घाँटीमा गम्भीर चोट लागेपछि उपचारार्थ अस्पताल लैजाने क्रममा निजको मृत्यु भएको हो ।
अभियुक्तलाई हिरासतमा लिएर कानुनी कारबाही प्रारम्भ भएको छ । मृतककी एक छोरी र श्रीमती छन् । डीएसपी श्रीवास्तवका अनुसार दुवैजना मदिरा सेवन गरेर बसेको र एकआपसमा झगडा भएपछि घटना घटेको देखिन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij