Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

मेलम्चीको पानी

मेलम्चीको पानी बालाजु क्षेत्र र नागार्जुन नगरपालिकामा वितरण गरिने

मेलम्चीको पानी बालाजु क्षेत्र र नागार्जुन नगरपालिकामा वितरण गरिने

वितरण सञ्जाल सुधार कार्य, रिङ रोड, बलाजु अन्तरग कुल पाइप लम्बाइ तीन हजार आठ सय ११ मिटर रहने जनाइएको छ ।

  • काठमाडौं। काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौँको बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु गरेको छ ।

    images
    images
    images

    खानेपानीमन्त्री प्रदीप यादवको निर्देशन पश्चात आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौँ महानगरपालिका–१६ अन्तरगत बालाजु, बसपार्क, चापाकोट, च्याङली, लाजिमपाट, बेलकोटे, शिवपुरी, खोकन तथा नागार्जुन नगरपालिका अन्तरगतको वडा नं १ र २ का कागेश्वरी मनोहरा, नागार्जुन वन, वृन्दावन महादेव लगायतका क्षेत्रमा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु गरेको हो ।

    काठमाडौँ उपत्यकामा पानीको आपूर्तिमा थप सुधार गर्नु र नागरिकलाई सफा र प्रशोधन गरिएको पानी उपलब्ध गराउने उदेश्यले बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु गरिएको आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) का प्रमुख टिकाबहादुर चौधरीले जानकारी दिए ।

    उनले भने,‘काठमाडौँ उपत्यकामा मेलम्चीको पानी बितरण गर्ने अभियान र मन्त्री ज्युको निर्देशन पश्चात हामीले उक्त कार्यका लागि आज बोलपत्र समेत आह्वान गरेका छौँ । नागरिकलाई सफा र प्रशोधन गरिएको पानी उपलब्ध गराउने हाम्रो उदेश्य हो ।’

    वितरण सञ्जाल सुधार कार्य, रिङ रोड, बलाजु अन्तरग कुल पाइप लम्बाइ तीन हजार आठ सय ११ मिटर रहने जनाइएको छ ।

    बालाजु ट्याङ्कीबाट नागरिकलाई सफा र प्रशोधन गरिएको पानी आपूर्ति गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले जनाएको छ ।

    उक्त सेवा सञ्चालन पश्चात मेलम्ची परियोजना अन्तर्गत २७० मिलियन लिटर पानी प्रतिदिन काठमाडौँको विभिन्न भागमा आपूर्ति गर्न सकिने अनुमान गरिएको छ ।

    सो कार्यका लागि अहिले काठमाडौं उपत्यकाभरिका नागरिकहरूलाई मेलम्चीको शुद्ध अनि सफा खानेपानी वितरणका लागि सञ्जाल निर्माणको कार्य फास्ट ट्रयाकअन्तर्गत अगाडि बढेको जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij