Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पक्राउ

नक्कली सुनको मूर्ति देखाएर ठगी

नक्कली सुनको मूर्ति देखाएर ठगी

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार पक्राउ गरेको हो ।

  • काठमाडौं । नक्कली सुनको मूर्ति देखाएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाको धर्मदेवी नगरपालिका–३ बाइसजोरे स्थायी घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएका ४९ वर्षीय काशीनाथ पौडेल छन्। 

    onlinepatrika
    Arghakhachi

    उनलाई प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार पक्राउ गरेको हो । 

    AGNI GROUP

    उनले धनकुटाका प्रेमकुमार विक र सुनसरीका राजकुमार विकलाई नक्कली बुद्धको मूर्ति सस्तोमा मिलाइदिने प्रलोभन देखाएर ठगी गरेका आरोप छ । 

    प्रेमकुमारसँग १० लाख रूपैयाँ र राजकुमारसँग ११ लाख ८५ हजार रूपैयाँ ठगी गरेर फरार रहेका भन्दै पौडेलविरुद्ध उजुरी परेपछि अनुसन्धान थालिएको थियो ।

    पक्राउपछि उनलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij