
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौं । प्रहरीले कैलालीमा ठूलो परीणाममा लागुऔषध चरेस बरामद गरेको छ । प्रहरीले जिल्लाको धनगढी उपमहानगरपालिका ५, लब्लीचोकबाट प्लाष्टिकमा बेरिएर राखेको अवस्थामा ३६ किलो ६६५ ग्राम चरेस बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले सो चरेस बुधबार साँझ बरामद गरिएको जानकारी दिए । वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोलीले लब्ली चोकमा मोटरसाइकल चेकजाँच गर्दा चरेस बरामद गरेको हो ।
तर, चरेस बोकेको १०७२ नम्बरको एनएस प्लसरका चालक र पछाडि सवार भने फरार भएका छन् । परिचय नखुलेका उनीहरूको खोजी भइरहेको डीएसपी बोहराले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij