Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

प्रतिवन्धित लागुऔषध सहित ४ जना पक्राउ

प्रतिवन्धित लागुऔषध सहित ४ जना पक्राउ

  • काठमाडौं । झापा र सुनसरीको बिभिन्न स्थानबाट प्रतिवन्धित लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २ गते झापाको वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुर नगरपालिका ३ का २७ बर्षीय विनायक थुलुङलाई ३ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

    images
    images
    images

    त्यस्तै, सुनसरीको कोशी गाउँपालिका १ स्थितमा इलाका प्रहरी कार्यालय लौकही र लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउँदै गरेका रामधुनी नगरपालिका १ का २० बर्षीय विवेक यादवलाई निषेधित औषधी ट्रामानिल २४० क्यापसुल र निट्राजेपाम २० ट्यावलेट सहित पक्राउ गरेको छ । 

    images

    इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका ६ का १९ बर्षीय मोहमद दावुतलाई ट्रामाडोल १२० क्यापसुल र स्पास्पेन १२० ट्यावलेट सहित र इलाका प्रहरी कार्यालय चतराले बराहक्षेत्र नगरपालिका २ का २१ बर्षीय समिर राईलाई ५० ग्राम गाँजा र ट्रामाडोल १६ क्यापसुल सहित पक्राउ गरेको छ ।

    लागुऔषध सहित पक्राउ परेका उनिहरुमाथि आवश्यक अनुसन्धान तथा कानुनी कारवाही भईरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij