Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच सहमति

झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच सहमति

  • काठमाडौं । झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच सहमति भएको छ । दुई पक्ष मिलेकोले अस्पतालमा रहेको शव उठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    मृतकका परिवार र भुजेलबीच क्षतिपूर्तिबापत ५२ लाख दिने सहमति भएको बताइएको छ ।

    images

    काठमाडौंको शंकरापुरमा गत कात्तिक २८ गते भुजेलले चलाएको बा१९प २६०५ नम्बरको कारले बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटी र उनकी पत्नी किसानुमाया नगरकोटी गम्भीर घाइते भएका थिए ।

    दुवै जनाको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । 

    प्रहरीको हिरासतमा रहेका भुजेलविरुद्ध मुद्दा चलाइएको छ । उनलाई सवारी तथा यातायात ऐन २०४९ को सवारी ज्यानको महलमा मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ । विद्यमान कानुन अनुसार उनलाई एक वर्षको कैद हुने व्यवस्था छ, जसमा धरौटीमा रिहा हुने सुबिधा हुन्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij