
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सोमबार सरकारले सार्वजनिक बिदा दिने निर्णय गरे पनि निर्णय ढिलो हुँदा सेवाग्राहीले असुविधा झेल्नु परेको छ ।
कार्यालय खुल्नुभन्दा केही समयअघि मात्रै सार्वजनिक बिदाको घोषणा गर्दा नागरिकले अनावश्यक सास्ती भोग्नुपरेको हो । कैयौँ सेवाग्राही बिहानैदेखि कार्यालय पुगिसकेका थिए भने केही गन्तव्यतर्फ जाँदै थिए ।
बिदाको निर्णयले उनीहरूलाई सेवा नलिई घर फर्कन बाध्य बनायो । ‘पहिले नै थाहा पाएको भए यसरी कार्यालय धाउनुपर्ने थिएन’ सेवाग्राहीले गुनासो गरेका छन् ।
बिदाको घोषणा ढिलो गर्नु सरकारको असक्षमता भएको भन्दै सामाजिक सञ्जालमा आक्रोश पोखिएको छ ।
ट्रेन्डिङ पोस्टहरूले सरकारलाई ‘सेवाग्राहीप्रति गैरजिम्मेवार’ भएको आरोप लगाउँदै नागरिकको समस्यालाई प्राथमिकतामा नराखेको टिप्पणी गरेका छन् ।
पूर्वसभामुख ढुंगानाको सोमबार बिहान पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ । सरकारको निर्णयले शोकलाई सम्मानित गर्न खोजे पनि अव्यवस्थित निर्णयका कारण नागरिकलाई हैरानी थपिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ९ बजेका लागि मन्त्रिपरिषद् बैठक राखेका थिए । प्रधानमन्त्री सचिवालयका अनुसार आकस्मिक रूपमा बैठक डाकिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij