Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

दरबारमार्गमा ६ अर्बको लगानीमा बन्ने भयो होटल, मीनबहादुर गुरुङले गरे शिलान्यास

दरबारमार्गमा ६ अर्बको लगानीमा बन्ने भयो होटल, मीनबहादुर गुरुङले गरे शिलान्यास

  • काठमाडौं  । काठमाडौंको दरबारमार्गका बन्ने अन्नपूर्ण स्क्वायर होटलको ​शिलान्यास गरिएको छ । व्यवसायी मीनबहादुर गुरुङले सोमबार उक्त होटलको शिलान्यास गरेका हुन् ।

    images
    images
    images

    शिलान्यासमा कांग्रेस नेता एवं व्यवसायी उमेश श्रेष्ठ, राष्ट्रिय वाणिज्य बैंकका पूर्वसीईओ किरणकुमार श्रेष्ठलगायत सहभागी थिए । 

    images

    भाटभटेनी समुह र लिटिल एन्जल्स समुहले करिब ६ महिना अघि किनेको अन्नपूर्ण होटलमा नै नयाँ होटल निर्माण गर्न लागेका हुन् । यस होटलको लागत करिब ६ अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ । २०८५ देखि बैशाख १ गतेदेखि होटल सञ्चालनमा आउने बताइएको छ ।

    होटल संचलानका लागि डेढ महिना अघि नै भारतीय होटल व्यवस्थापन कम्पनी आइटीसी वेलकमसँग सम्झौता भइसकेको छ ।

    होटलमा ३५० कोठा र ४० कोठा अपार्टमेन्टसहित होटल परिसरमा रहने बिजनेस कम्प्लेक्समा भाटभटेनीदेखि विभिन्न ब्रान्डेड शपिङ मल रहनेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij