
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौं । बुढानीलकण्ठ नगरपालिका–११ लसुनडाँडा भन्ने स्थानमा जुवा (ओखर) खेलिरहेको अवस्थामा २१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
तारकेश्वर नगरपालिका पैयुटार बस्ने नुवाकोट तादी गाउँपालिका–४ घर भएका २६ वर्षीय सुबास आचार्य समेत २१ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख २४ हजार ७ सय ५० रूपैयाँ र ओखर १३ थान सहित पक्राउ गरेको हो ।
उनीहरुमाथि प्रहरीले जुवातास खेल्ने नहुने कसुरमा अनुसन्धान अघि बढाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij