Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

बिहेको २९ वर्षपछि सम्बन्धविच्छेद

बिहेको २९ वर्षपछि सम्बन्धविच्छेद

  • काठमाडौं । ओस्कार अवार्ड विजेता संगीतकार  एआर रहमान र उनकी श्रीमती सायरा बानो करिब तीन दशकको वैवाहिक जीवनपछि अलग भएका छन् ।

    images
    images
    images

    सायराले मंगलबार राति श्रीमान्‌सँग सम्बन्धविच्छेदको घोषणा गरेकी हुन् । सायराकी वकिल वन्दना शाहले सबैसँग गोपनीयताको माग गरेकी छिन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘सम्बन्धमा भावनात्मक तनाव आएपछि यो निर्णय गरिएको हो । गहिरो प्रेमको बावजुद दम्पतीले सम्बन्धमा तनाव र कठिनाइहरूले दरार सिर्जना गरेको पाइयो ।’

    सायराले पनि सम्बन्धमा रहेको पीडा र पीडाका कारण यो निर्णय लिएको बताइन् ।

    यस विषयमा रहमान पनि बोलेका छन् । उनले एक्समा लेखेका छन्, ‘यस्तो लाग्छ कि सबै कुराको नदेखिने अन्त छ । भगवानको सिंहासन पनि टुक्रिएको हृदयको बोझले काँप्न सक्छ । यो महत्वपूर्ण समयमा हाम्रो गोपनीयताको सम्मान गर्नुभएकोमा धन्यवाद ।’

    रहमानले १२ मार्च १९९५ मा सायरासँग विवाह गरेका थिए । त्यतिबेला सायरा २८ वर्षकी थिइन् । दुवैका दुई छोरी खतिजा–रहिमा र एक छोरा अमिन छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij