
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौं । काठमाडौं उपत्यकाका दुई जिल्लामा तीन जनाको शव फेला परेको छ । काठमाडौं र ललितपुरका फरक-फरक स्थानमा तीन जनाको शव फेला परेको हो ।
काठमाडौं माछापोखरी बसन्तनगरस्थित क्लासिकल होटलमा नुवाकोट घर भएका २८ वर्षीय भोला पाठक बिहीबार मृत फेला परेका छन् ।
यसैगरी काठमाडौं माछापोखरी मितेरी पुल नजिकै खाली जग्गामा रहेको पुरानो ठेलामाथि एक पुरुषको शव भेटिएको छ । उनको पहिचान खुल्न सकेको छैन ।
ललितपुर महानगरपालिका–२५ स्थित नख्खु खोलामा प पहिचान खुल्न नसकेका एक पुरुषको शव फेला परेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij