
May 17 2025 | २०८२, जेठ ३ गते
४९७ पसलको अनुगमन गर्दा २० वटा राम्रा भेटिए, व्यवसाय दर्ता नभएका २ सय वटा पाइए
काठमाडौँ
गएको असोज १० गतेदेखि काठमाडौँ महानगरपालिकाले सुरु गरेको पर्वलक्षित अनुगमन गरिएका ४९७ पसलमध्ये २० वटा (४.०२%) राम्रा भेटिए । १३३ वटा (२६.७६%) मा म्याद सकिएका बस्तु भेटिए । ३११ वटा (६२.५७%) मा मूल्य सूची थिएन । २ सय वटा (४०.२४%) व्यवसाय नै दर्ता नगराई सञ्चालन भएका पाइए । यसरी अनुगमन गरिएका पसलमध्ये ४३८ वटा किराना, १८ वटा मिठाइ, १९ वटा ड्राइ फुड, ७ वटा मसला र १५ वटा डेरी पसल थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij