Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

होटेल भित्र यस्तो मरण !

होटेल भित्र यस्तो मरण !

  • काठमाडौं । काठमाडौंको सिनामंगलमा होटलमा झुण्डिएको अवस्गामा मृत फेला परेका युवायुवती श्रीमान-श्रीमती रहेको खुलेको छ । आइतबार सिनामंगलको जन्मभूमि होटलको बरण्डामा दुई जना झुण्डिएको अवस्थामा फेला परेका थिए ।

    images
    images
    images

    घटनास्थलमा पुगेको प्रहरीका अनुसार मृत फेला पर्नेमा ३४ वर्षका रमेशमाझी र २९ वर्षकी शर्मिला माझी भएको खुलेको छ । सुनसरीका रमेश र मोरङकी शर्मिला श्रीमान श्रीमती भएको पनि खुलेको प्रहरीले जनाएको छ ।

    images

    उनीहरू हिजो शनिबार मात्रै क्यानडाबाट फर्केको खुलेको छ । सन् २०२२ मा क्यानडा गएका उनीहरू २ वर्षपछि हिजो शनिबार काठमाडौं फर्केका थिए ।

    उनीहरु हिजो साँझ ७ बजेतिर होटलमा पुगेको खुलेको छ। चौथो तलाको १२० नम्बर कोठामा उनीहरु बसेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । उनीहरुले आत्महत्या गरेको प्रहरीको आशंका छ ।

    आइतबार बिहान साढे ७ बजे प्रहरीलाई खबर भएपछि परिसर, प्रहरी वृत्त गौशाला र काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोली पुगेर अनुसन्धान अघि बढाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij