Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

सूर्य नेपाल गल्फ टुर सोमबारदेखि सुरु

सूर्य नेपाल गल्फ टुर सोमबारदेखि सुरु

  • काठमाडौं । सूर्य नेपाल गल्फ टुर सोमबारदेखि सुरु हुने भएको छ ।

    images
    images
    images

    आईतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा गल्फ टुर गोकर्ण गल्फ क्लबमा आयोजकले जानकारी गराएको हो । ७२ होलमा खेलाइने टुर सेन्ट्रल ओपनसँगै नयाँ सिजन सुरुवात हुने भएको हो ।

    images

    प्रतियोगितामा ३३ जना व्यावसायिक खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । साथै १२ जना एमेच्योर खेलाडीको पनि सहभागीता हुने आयोजकले अपेक्षा गरेका छन् ।

    शीर्ष २१ प्रो र ६ एमेच्योरले मात्र कट पार गरेर अन्तिम ३६ होल खेल्नेछन् । कट पार गर्ने प्रोले नगद पुरस्कार पाउनेछन् ।

    प्रतियोगिता ४ दिन चल्ने छ । प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैंया पाउनेछन् । उपविजेताले १ लाख र तेस्रो हुनेले ७५ हजार प्राप्त गर्नेछन् ।

    टुरमा यस सिजन ८ प्रतियोगिता हुनेछ । टुरको कुल पुरस्कार रकम ६७ लाख ३२ हजार रूपैंया रहेको छ । टुरमा ३ ह्यान्डिक्याप भन्दा कम रहेका एमेच्योरले खेल्न पाउनेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij