Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

सानो गौचरको मैदान महानगरले बनाउने, झण्डै १७ करोड रुपैयाँ लगानी गर्ने

सानो गौचरको मैदान महानगरले बनाउने, झण्डै १७ करोड रुपैयाँ लगानी गर्ने

  • काठमाडौं । काठमाडौंको सानो गौचरस्थित फुटबल मैदान काठमाडौं महानगरले बनाउने भएको छ । काठमाडौंभित्र रहेका मैदानलाई स्तरोन्नती र नव निर्माण गर्ने उद्धेश्य अनुरुप महानगरले सानो गौचरको मैदान निर्माण गर्ने भएको हो ।

    images
    images
    images

    मैदानको ठेक्का लागिसकेको छ । अब केही दिनमा काम सुरु हुन्छ । महानगरका एक अधिकारीले भने, एक वर्षभित्र निर्माण कार्य सक्ने लक्ष्य छ ।

    images

    सानो गौचरमा बन्ने मैदान कृत्रिम घाँसे मैदानको हुनेछ, जुन १ हजार १ सय ३४ दर्शक क्षमताको हुनेछ । सानो गौचरको मैदान निर्माणमा महानगरले झण्डै १७ करोड रुपैयाँ लगानी गर्न लागेको हो ।

    काठमाडौं महानगर मेयर बालेन्द्र साहले काठमाडौंभित्र रहेका खेल मैदानको स्तरोन्नती गर्दै खेलकुद पूर्वाधार निर्माणलाई विशेष जोड दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij