
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौं । धनुषामा एक महिलाको विभत्स हत्या भएको छ । विदेह नगरपालिका–५ मुरिबा टोलकी ४० वर्षीया रामपरी देव ठाकुर वडहीको हत्या भएको हो ।
धारिलो हतियारले घाँटी छिनाएर उनको हत्या भएको धनुषा प्रहरीले जनाएको छ ।
रामपरीको टाउको र शरीर छुट्टाछुट्टै ठाउँमा भेटिएको छ । टाउको छिनाएको उनको शव नग्न अवस्थामा घरभन्दा करिब डेढ किलोमिटर टाढा शिवनारायण मण्डलको खेतमा भेटिएको छ । टाउको भने कमला नदीको नहरमा भेटिएको छ ।
हत्या भएकी रामपरीका श्रीमान् लामो समयदेखि वैदेशिक रोजागारमा छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij