Logo

Sep 06 2025 | २०८२, भदौ २१ गते

Sep 06 2025 | २०८२, भदौ २१ गते

सिटिजन लाइफको नयाँ बोनसदर सार्वजनिक

सिटिजन लाइफको नयाँ बोनसदर सार्वजनिक

  • काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ को बोनसदर सार्वजनिक गरेको छ ।

    images
    images
    images

    कम्पनीले अग्रिम भुक्तानी सावधिक (रेगुलर) जीवन बीमालेखमा बीमाअवधि अनुसार ४४ देखि अधिकतम ५५ रुपैयाँ रुपैयाँ प्रतिहजारका दरले बोनस दिने जनाएको छ । वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखमा बीमा अवधिअनुसार २५ देखि अधिकतम २८ रुपैयाँसम्म, सिटिजन शुभारम्भ योजना (सावधिक प्लस) बीमालेखमा ३९ देखि अधिकतम ७५ रुपैयाँसम्म, सावधिक (रेगुलर) जीवन बीमालेखमा ३८ देखि अधिकतम ७३ रुपैयाँम्म बोनस दिने जनाएको छ ।

    images

    सिटिजन बाल भविष्य योजना (सावधिक) बीमालेख सिटिजन बाल भविष्य योजना प्लस (सावधिक) बीमालेखमा ४० देखि अधिकतम ६७ रुपैयाँसम्म, सावधिक तथा आजीवन बीमालेख (सिटिजन जीवन सारथी योजना) बीमालेखमा ३८ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँ बोनस दिने जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij